एमाले ५ देखि ९ प्रदेशको पक्षमा
चैत्र ८ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टी सात प्रदेशको प्रस्तावमा अघि बढिरहे पनि पाँचदेखि नौसम्मको प्रदेशमा छलफल गर्न तयार रहेको बताएका छन् ।
एमाले केन्द्रीय सङ्घीय मामिला विभागले शनिवार राजधानीमा आयोजा गरेको कार्यक्रममा खनालले यस्तो बताएका हुन् ।
भाषिक र जातीय पहिचानका आधारमा मात्र नभई विविधतामा आधारित सङ्घीयताको आवश्यकता भएको भन्दै उनले संविधानसभा नियमावली पारित भएसँगै संविधान निर्माण र राज्य पुनःसंरचनाको ठोस प्रक्रिया सुरु भएकाले दावी गरे । उनले कार्यक्रममा एक वर्षभित्र संविधान जारी गर्नुपर्नेमा पनि जोड दिए ।
प्रकाशित मिति:
March 22, 2014