मोदीको पक्षमा प्लेब्वाय परी

चाँडै नै शान्ति अभिनीत हिन्दी चलचित्र प्रदर्शन हुने तरखरमा छ। यसै बेला शान्तिले अर्को डाइनामाइट पड्काएकी छन्। 'प्ले ब्वाय' पत्रिकाका लागि फोटो सेसन गरेर चर्चामा आएकी यी एडल्ट स्टारले भारतीय जनता पार्टीका प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीको पक्षमा न्युड फोटो सेसन गर्ने इच्छा व्यक्त गरेकी छन्।
'म चाहन्छु मोदी प्रधानमन्त्री बनून्', हालै मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्। अभिनेत्री मेघना पटेलले मोदीको पक्षमा न्युड फोटो सेसन गरेकी थिइन्। अब शान्ति डाइनामाइट पनि त्यही पथ पछ्याउन चाहन्छिन्।
यी बेलायती मोडलको खास नाम सोफिया भ्यासिलियाद हो। उनी बेलायतमा 'एडल्ट टीभी च्याट सो' चलाउँछिन्। उनको तुलना पोर्न स्टार सनी लियोनसँग पनि गर्ने गरिन्छ। प्लेब्वायको आवरण पृष्ठका लागि तस्बिर खिचाएर चर्चामा आएकी शान्तिकै नक्कल गरेर सनी लियोनले चलचित्र 'रागिनी एसएमएस २'मा भिन्न पोजमा शरीर सौन्दर्य प्रदर्शन गरेको चर्चा पनि चलेको छ। अन्नपूर्ण/एजेन्सी
प्रकाशित मिति:
March 23, 2014