मैनबत्तीबाट आगो सल्किएर घाइते भएका श्रीमान श्रीमतीको निधन
अपडेट
चैत्र २७ । राजधानीको बाफलमा गएराती आगलागीबाट घाइते भएका दुई जनाको उपचारका क्रममा निधन भएको छ । कलंकीस्थित रविभवन र बाफलको बिचमा पर्ने सन्तोषी मार्गको एक घरमा मैनबत्तीबाट सक्लेर आगलागी भएको थियो ।
बलिराम चौधरीको घरको एउटा कोठामा गएराति करिब १० बजे आगलागी हुँदा जलेर ललितपुर चापागाउँ १ का वर्ष करिब १९ वर्ष करिब १९ का विकास महर्जन र सितापाइला माइती घर भएकी करिब १७ वर्षकी पुजा केसी गम्भीर घाइते भएका थिए । उनीहरु दुवै जनाको कलंकीस्थित शहिद मेमोरियल हस्पिटलका उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
केही महिना अगाडी विवाह गरेका उनीहरुले कोठा लिएर त्यहाँ बस्दै आएका थिए ।
प्रहरी हवल्दार शम्भु थापाले मैनबत्तीबाट भुइँमा रहेको प्लाष्टिकको म्याटमा आगो सल्केपछि ओछ्यानको कपडा हुँदै आगो सल्केको हुनसक्ने अनुमान गरेका छन् ।
तर, छिमेकीहरुले भने मैनबत्तीबाट सल्केको आगोबाट नै मान्छे पूरै जल्न नसक्ने भन्दै पेट्रोलियम पदार्थ शरीरमा खनाएर आगो लगाएको हुनसक्ने अनुमान समेत गरेका छन् ।
आगलागिपछि विकास पूरै जलेको अवस्थामा कोठा बाहिर आएका थिए भने श्रीमती पूजालाई भने पछि प्रहरीले कोठाबाटै उद्धार गरी हस्पिटल पुर्याएको थियो । आगलागीबाट सम्बन्धित कोठाका सामग्री जलेर नष्ट भएका छन् । आगलागी स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति:
April 10, 2014