पूर्व गृहमन्त्री गोविन्दराज जोशीलाई उपचार गर्न आर्थिक अभाव
चैत्र २६ । भ्रष्टचारी समेत ठहरिएका पूर्व गृहमन्त्री गोविन्दराज जोशीको उपचार खर्च अभाव भएको छ ।
२०४८ सालदेखि २०५८ सालसम्म कांग्रेसभित्र राम्रो प्रभाव भएका उनको दिल्लीको मेदान्त अस्पतालमा उपचार भईरहेको छ । उनै जोशीलाई खर्च अभाव भएको भन्दै परिवारले आर्थिक सहयोगका लागि अपिल गरेका हुन् ।
जोशीका छोरा दिनेश अष्ट्रेलियामा छन् । उनका अर्की छोरी बिवाह गरेकी छोरी अमेरिकाम छिन् ।
अष्टे«लियामा रहेका छोरा दिनेशले नै आफ्नो आर्थिक अवस्थाले नभ्याउने भन्दै आर्थिक सहयोगको अपिल गरेका हुन् । उनले अपिलमा ‘बुवा नेपाल फर्कन चाहे पनि हामी र शुभचिन्तकहरुको अनुरोधमा उपचार अगाडि बढाइँदै छ, एक जना राष्ट्रिय व्यक्तित्वको जीवन रक्षार्थ कांग्रेसप्रति निष्ठावान व्यक्तित्व तथा सम्पूर्ण शुभेच्छुक महानुभाव समक्ष परिवारको तर्फबाट अपिल गर्दछु ।’
जोशीलाई प्यान्क्रियाजमा गम्भिर समस्या भएपछि दुई साता अघि दिल्ली लगिएको थियो । जोशीले तनहुँ जिल्लाबाट राजनीति सुरु गरि बहुदलीय प्रजातन्त्र र लोकतान्त्रिक आन्दोलनमा ६ बर्ष भन्दा बढी जेल बसेर नेपाली कांग्रेस पार्टी, सरकार तथा राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गरेको छोरा दिनेशले अपिलमा उल्लेख गरेका छन् । जोशी कांग्रेसका पूर्व सह–महामन्त्री पनि हुन् ।
छोरा दिनेशले नेपाल एसबीआई बैंक, महाराजगञ्जको जोशीकै खाता नं– २०४१५२४१४०३२६३ सहयोग गर्न अपिल गरेका छन् ।
प्रकाशित मिति:
April 09, 2014