सिरहामा बम विस्फोटमा परी एकको मृत्यु, आठ घाइते
लहान, ११ साउन । सिरहाको गोविन्दपुर गाविस–७ रनाहा टोलमा आज दिउँसो बेवारिसे बम बिष्फोट हुँदा एक नाबालकको मृत्यु भएको छ भने अन्य चार बालबालिकासहित आठ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा गोविन्दपुर–७ का १० वर्षीय रामकुमार महतो रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिए ।
टाउको, खुट्टा र हातमा बमको छर्रा लागेर गम्भीर घाइते भएका सात जनाको लहानस्थित फ्रेण्डस् मोडल हस्पिटलमा सामान्य उपचार गरी थप उपचारका लागि विराटनगर रिफर गरिएको छ । घाइते ललितादेवी महतोको लहानमै उपचार भइरहेको बताइएको छ ।
विस्फोटमा परी घाइते हुनेमा १५ वर्षीय जीवनकुमार महतो, १३ वर्षीया पुनमकुमारी यादव, १२ वर्षीया गनिताकुमारी महतो, ८ वर्षीया सविताकुमारी महतो, २५ वर्षीया ललितादेवी महतो, २४ वर्षीया निर्मलादेवी महतो, ३५ वर्षीय विष्णुदेव महतो र ४० वर्षीय श्रीदेव महतो रहेका छन् ।
घर नजिकै रहेको बारीमा भेण्टा गोड्दै गर्दा खेलौना जस्तो वस्तु देखेपछि ललितादेवीले बोकेर ल्याएको बम घरको आँगनमा विस्फोट भएको हो ।
स्थानीय गाउँलेका अनुसार उक्त वस्तु हेर्दाहेर्दै एक्कासी ठूलो आवाजसहित विष्फोट भएको थियो । विष्फोटबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस

प्रकाशित मिति:
July 27, 2014