नेपालमा ८५ लाखले चलाउँछन् मोवाइलमा इन्टरनेट
मंसिर । सूचना प्रविधि र शिक्षाको पहुँच बढेसँगै मोवाइल इन्टरनेट ग्राहक बढेका छन् ।
नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको प्रतिवदेन अनुसार घरायसी इन्टरनेट प्रयोगकर्ताको तुलनामा झन्डै १७ गुणा बढी मोवाइलमार्फत इन्टरनेट प्रयोग ग्राहक बढेका छन् ।
९० लाख इन्टरनेट ग्राहकमध्ये ८५ लाख मोवाइल र अन्य ५ लाखले डायलअप, वायरलेस मोडेम, अप्टिकल फाइबर, एडएसएल र कबुल मोडेमबाट इन्टरनेट प्रयोग गर्छन । प्राधिकरणका अनुसार ३४ प्रतिशत ग्राहक नेपाली इन्टरनेटको पहुँचमा रहेको खबर कारोबार दैनिकमा छ ।
प्रकाशित मिति:
November 25, 2014