प्रचण्ड लक्षित ढुंगा प्रहार, जनार्दनको टाउको फुट्यो
माघ ७ । मंगलबारका लागि गरिएको संयुक्त बन्दका क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लक्षित गरेर ढुंगा हानिएको छ ।
![]() |
टाउकोमा चोट लागेका नेता शर्मा । |
प्रचण्डसहित एमाओवादी नेता जनार्दन शर्मा प्रभाकर बिजुलीबजारमा पुग्दा आफ्नै कार्यकर्ताले उनी लक्षित आक्रमण गरेका हुन् । तर, प्रचण्डलाई चिनेर भने ढुंगा नहानिएको खुल्न आएको छ ।
उक्त स्थानमा बिहानैदेखि तनाब हुँदै आएकोमा संविधानसभातर्फबाट जुलुससहित एक हुल आएपछि बन्दको प्रतिकार गर्न आएको ठानेर ढुंगा हानिएको हो । प्रचण्डको सचिवालयले भने भिडमा घुसपेठ गरेर ढुंगा हानेको अनुमान गरेको छ । त्यहाँ तनाब उत्पन्न भएपछि प्रचण्डलाई सुरक्षाकर्मीले घेरेर सुरक्षाकर्मीकै गाडीमा हालेर संविधानसभा भवनमा पुर्याएका थिए ।
सभाषद तथा एमाओवादी नेता जनार्दन शर्मा भने त्यहीँ ठाउँमा उत्पन्न तनाबमा घाइते भएका छन् । सुरक्षाकर्मी र प्रहरीबिच झडप हुँदा प्रहरीको लाठी चार्जबाट उनी घाइते भएका हुन् । उनको काठमाडौंको नर्भिक हस्पिटलमा उपचार भईरहेको छ । उनको टाउकोमा सात टाँका लगाइएको छ ।
प्रकाशित मिति:
January 20, 2015