२ गते खन्ना गार्मेन्टमा बनेको थियो संविधानसभामा कुर्सी भाँच्ने, माइक फ्याल्ने योजना
माघ ७ । संविधानसभामा मंगलबार मध्यराती विचन्डा नै मच्चियो । विपक्षी सभाषदहरुले सत्ताधारी सभाषदलाई लक्षित गरेर आक्रमणको प्रयास समेत गरे । कुर्सी भाचिए, माइक फ्यालिए । संसद सचिवालयको प्रारम्भिक अनुमान अनुसार ३० लाख बराबरको क्षति भएको छ ।
उक्त घटना धेरैले आकस्मिक रुपमा घटेको भन्दै आएपनि योजनाबद्ध रहेको हेलोखबरले पाएको छ । विशेष गरेर एमाले अध्यक्ष केपी ओलीसँग वार्तामा कुरा नमिलेपछि एमाओवादीले ठोकेरै जाने योजना बनाएको थियो । एमाओवादीका नेताहरुले केपीको ठाउँमा झलनाथ खनाल वा माधव कुमार नेपाल भए कुरो मिलिसक्ने तर केपीसँग जति गर्दा पनि नमिल्ने भन्दै हाजित भएर कडा प्रतिकारको योजना बुनेका थिए ।
विवादित विषयमा गिभ एण्ड टेकको मान्यता भन्दा पनि प्रक्रियामा गएर भए पनि केपी ओली संविधान जारी गर्नेमा नै उद्धत देखिएको भन्दै प्रक्रियामा गए संसदमा प्रतिकार गर्ने योजना २ गते नै एमाओवादीले तय गरेको थियो ।
२ गते शुक्रबारका दिन राजधानीको गन्ना गार्मेन्टमा एमाओवादीले अगुवा कार्यकर्ता भेला बोलाएर प्रक्रियामा जबरजस्ती सत्तापक्षीय जान खोजे प्रतिकार कसरी गर्ने भन्ने प्रशिक्षण दिएको थियो ।
प्रशिक्षण दिँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, 'संसदमा माइक फ्याक्ने, कुर्सी फुटाउने, नाराबाजी गर्ने, मुक्काबिला गर्ने काम शान्तिपूर्ण मानिन्छन् ।' उनले भनेका थिए- 'जुनसुकै कुराको अगुवाई नेतृत्वले लिनुपर्छ, यस पटक हेर्नुहोस् कामरेडहरु म आफैं कुर्सी भाचेर, माइक फालेर देखाउँछु ।'
प्रशिक्षणका क्रममा उनले बन्दको प्रतिकार गर्नेलाई कडा प्रतिरोध गर्न र सडकमा बन्दको विरोधमा सवारी चलाउनेहरुको सवारी साधन तोडफोड गर्नुसम्म शान्तिपूर्ण हुने भन्दै आफैं सडकमा आउने समेत बताएका थिए । नभन्दै प्रचण्ड मंगलबारको बन्दमा बिजुलीबजारमा सडकमा आएका थिए । तर, तनाब उत्पन्न भएपछि उनी केही छिन पनि त्यहाँ टिक्न सकेनन् । सुरक्षाकर्मीले उनलाई सुरक्षा दिएर लगेका थिए ।
![]() |
मंगलबार राती प्रक्रियाको विरोधमा संविधानसभामा नाराबाजी गरिदैं । |

प्रकाशित मिति:
January 21, 2015