सेयरमा ४५ अंकको सुधार, १८ अंक बढे सबै रेकर्ड तोडिने
साउन ३२ । सोमबार सेयर बजारमा ४५ अंकको सुधार भएको छ । सबैभन्दा धेरै हिस्सा बोकेको बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेसँगै सेयर बजारले उकालो गति लिएको हो । सोमवारको कारोवारपछि नेप्से परिसूचक ११ सय ५७ अंकमा पुगेको छ। दिनमा कुल ८२ करोडको कारोबार भएको छ ।
७ वर्षयताकै उच्च अंकमा पुगेको सेयर बजारमा १८ अंकको बृद्धि थपिएमा २०६५ भदौ १५ को उच्च रेकर्ड भंग हुनेछ।
सम्पूर्ण वाणिज्य बैंकहरुको सेयर कारोवार डिजिटल प्रक्रियामा गएसँगै सेयरमा सुधार देखिएको हो । प्रमुख राजनीतिक दलहरुले ६ प्रदेशको सिमांकन हेरफेर गर्ने तयारी गरेपछि संविधानमा सहमति भई जारी हुने अपेक्षामा पनि बजार बढेको हो ।
प्रकाशित मिति:
August 17, 2015