टुरिष्ट उम्मेदवार भनेपछि आरजुले कैलालीमा ३ करोडको घर किन्दै, प्रचण्ड चितवनमा डेरा खोज्दै
काठमाडौं २३ कात्तिक
आगामी १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले गर्दा यतिबेला देश नै चुनावमय बनेको छ । उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा पुगेर भोट मागिरहेका छन् ।
यसैबिच, प्रधानमन्त्री पत्नी आरजु देउवालाई स्थानीयले टुरिष्टको संज्ञा दिएपछि उक्त आरोप चिर्न उनले ३ करोडको घर नै किन्न लागेकी छिन् ।
कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी हुन् ।
उनले धनगढी ४ उत्तरबेहेडीमा रहेको शारदा हमालको नाममा रहेको दुईतले सुविधा सम्पन्न घर किन्ने तयारीमा रहेकी हुन्।
यसअघि पत्रकार सम्मेलनमा तपाईंलाई पर्यटक उम्मेदवार भन्ने आरोप छ भनी सोधेको प्रश्नको जबाफमा उनले चुनाव जितेर यहीं बस्ने र त्यसका लागि घर किन्ने बताएकी थिइन् ।
यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर तीनमा डेरा खोजिरहेका छन् । प्रचण्डको गृहजिल्ला चितवन भएपनि त्यहाँ उनको आफ्नै घर छैन ।
प्रकाशित मिति:
November 09, 2017