चर्चित पाँच जना डनको अवैध सम्पत्तिबारे विशेष अदालतमा मुद्धा दर्ता
जेठ ५ । गुण्डागर्दी तथा दादागिरीको भरमा कमाएको रकमका सम्बन्धमा सम्पत्ति शुद्धिकरण विभागले आज चर्चित पाँच जना डनको अवैध सम्पत्ति छानबिनका लागि विशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।
चक्रे मिलन, दिपक मनाङ्गे, अभिषेक गिरी, पर्शुराम बस्नेत र गणेश लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।
विभागद्धारा दायर गरिएको मुद्धा अनुसार अभिषेक गिरीसँग २ करोड ९४ लाख, चक्रे मिलनसँग ७ करोड ८ लाख, पर्शुराम बस्नेतसँग ११ करोड ४१ लाख र दीपक मनाङ्गेसँग १४ करोड ७३ लाख बराबरको अवैध सम्पत्ति रहेको दाबी गरिएको छ ।
शुक्रबार विशेष अदालतमा मुद्धा दर्ता गर्ने तयारी विभागले गरे पनि समय अभावका कारण हुन सकेको थिएन ।

उनीहरुका विरुद्ध लामो समयको अनुसन्धानपछि मुद्धा दायर गरिएको बताइए पनि उनीहरुलाई पक्राउ भने गरिएको छैन ।चक्रे मिलन, दिपक मनाङ्गे, अभिषेक गिरी, पर्शुराम बस्नेत र गणेश लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।
विभागद्धारा दायर गरिएको मुद्धा अनुसार अभिषेक गिरीसँग २ करोड ९४ लाख, चक्रे मिलनसँग ७ करोड ८ लाख, पर्शुराम बस्नेतसँग ११ करोड ४१ लाख र दीपक मनाङ्गेसँग १४ करोड ७३ लाख बराबरको अवैध सम्पत्ति रहेको दाबी गरिएको छ ।
शुक्रबार विशेष अदालतमा मुद्धा दर्ता गर्ने तयारी विभागले गरे पनि समय अभावका कारण हुन सकेको थिएन ।

मुद्दा दायर गरिएकामध्ये चक्रे मिलन मात्रै केन्द्रीय कारागारमा छन् भने अन्यलाई फरार भन्दै अदालतमा उभ्याइएन । उनीहरुलाई फरारको संज्ञा दिएपनि खुलेखुलाम हिडिरहेको भेट्न सकिन्छ ।
संविधानसभाको चुनाव हुने दिन नजिकिदैँ गर्दा राजनीतिक वृत्तबाट मेत उनीहरुको पक्षमा लबिंग हुने गरेको बताइएको छ । ती डनहरुहरु अहिले पनि माउ पार्टीको छातामुनि बसेर आफ्नो धन्दा गर्दै आएका छन् ।
प्रकाशित मिति:
May 19, 2013