भारतीयलाई नागरिकताको सिफारिस दिन दबाब, सचिवहरु गाविसनै जान छोडे
बैशाख ३१ । दक्षिणतिर भारतसँग खुल्ला सिमाना जोडिएका कारण र नेपाली नेताहरुले आफ्नो देश जनताप्रति जिम्मेवारीबोध गर्न नसक्दा दिनहुँ सिमानामा र सिमा भएर नेपाल आउने नेपालीले भारतीयबाट सास्ती बेहोरि रहनु परेको खबरहरु मिडियामा छाइरहेका छन् ।
यस्तै अवस्थामा संविधानसभाको चुनाव केन्द्रित देशव्यापी नागरिकता बनाउने कामले प्राथमिकता पाउँदा यसै मौका छोपेर भारतीयहरुले भने नेपाली नागरिकता बनाउन विभिन्न किर्ते काम तथा दबाब समेत दिन थालेको खुल्न आएको छ ।
सीमावर्ती भारतीय नाकामा रहेका गाविस सचिवलाई भारतीयलाई नागरिकताको सिफारिस दिन दबाब आउन थालेपछि केही गाविस सचिव बिदाको बहाना बनाउँदै गाविस जान छाडेको सरकारी समाचार संस्था राससले उल्लेख गरेको छ ।

स्थायी घर र कार्य क्षेत्र एउटै भएका केही गाविस सचिवले सिफारिस लिन आउने व्यक्तिलाई चिन्ने गरेकोले त्यहाँको व्यक्ति नभएको भन्दै सिफारिस दिन नमानेपछि स्थानीय केही राजनीतिक दलका प्रतिनिधिले सिफारिस दिन दबाब दिन थालेको सचिवको गुनासो छ ।
गाविसले नागरिकताको सिफारिस नदिएको भन्दै केही व्यक्ति आफू सामु मौखिक उजुरी लिएर आएको बताउँदै नवलपरासीका स्थानीय विकास अधिकारी रामुराज कडरियाले कानुनभन्दा बाहिर सचिव जान नसक्ने र सीमावर्ती क्षेत्रमा बसेर सिफारिस दिँदा सजग रहन निर्देशन गरिएको उल्लेख गरेको छ ।

प्रकाशित मिति:
May 13, 2013