बैशाख २८ । सगरमाथा हिमाल आरोहणका लागि शिखरसम्म पुग्ने बाटो बनाइएको छ ।
शुक्रबार नेपाली तथा विदेशी गरी १३ जनाले सगरमाथाको शिखरसम्म बाटो बनाउने काम सम्पन्न गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपिसिसी नाम्चेका कार्यक्रम अधिकृत कपिद्र राईले जानकारी दिए ।
सगरमाथाको शिखरसम्म बाटो बनाइए पनि मौसम अनुकूल भएपछि मात्र आरोहीलाई आरोहणको अनुमति दिइने एसपिसिसीका आधार शिविर प्रबन्धक छिरिङतेञ्जिङ शेर्पाले बताए ।
“शिखरसम्म बाटो खुलेपनि मौसमको अनुकूलतालाई दृष्टिगत गरी आरोहण गर्न दिने उत्तम समयको पर्खाइमा छौँ”, प्रबन्धक शेर्पाले भने – “गत साल मे १९ तारेखदेखि मात्रै मौसम अनुकूल भएको थियो, यस पटक पनि त्यही मिति आसपास मौसमले साथ दिन्छ होला ।”
यो सगरमाथा आरोहण गर्ने मुख्य याम हो । नेपाली तथा विदशी गरी यस पटक ३१ आरोहण दलका तीन सय ३० भन्दा बढीले आरोहणको अनुमति लिएका छन् ।
Powered by Blogger.
सगरमाथा चढ्न टुप्पोसम्म नै बन्यो बाटो
प्रकाशित मिति:
May 11, 2013