यौन कार्य गरिरहेको अवस्थामा पाँचजना पक्राउ
जेठ २२ । पनौतीको होटेल अन्नपूर्णबाट प्रहरीले आपत्तिजनक अवस्थामा पाँचजनालाई पक्राउ गरेको छ ।
प्रहरी नाबय निरीक्षक बाबुराम झाको नेतृत्वमा रहेको प्रहरी टोलीले उनीहरुलाई गएराति यौन कार्य गरिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा होटेल सञ्चालक पनौती–६ का शिवकुमार प्रधानसमेत रहेका छन् । अन्यमा काभ्रेको नागरेगगर्चे–१ का ३० वर्षीय कृष्णबहादुर प्रधान, सिन्धुलीका टङ्कबहादुर थापालगायत दुई युवती रहेका प्रनानी झाले जानकारी दिए ।
काभ्रेका प्रहरी उपरीक्षक कमल घर्तीले वेश्यावृत्तिको गम्भीरता हेरेर उनीहरुलाई सार्वजनिक मुद्दा चलाइने जानकारी दिएको राससमा उल्लेख छ ।
प्रकाशित मिति:
June 05, 2013