बैंकमार्फत नक्कली नोट भारत पठाउने पक्राउ

संखुवासभा चेपुवा–८ का सनम टासी भोटेले सक्कली पैसा सँग नक्कली पैसा राखेर भारत पठाउन लागेको समयमा प्रहरीले प्रक्राउ गरेको छ ।
भारतको रहेकी श्रीमतीको खातामा दुई लाख भारतिय रुपैंया पठाउने क्रममा बैंक कर्मचारीले नक्कली नोट भएको पत्ता लगाएपछि प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै बैंकमा पुगेको प्रहरीले प्रक्राउ गरेको थियो।
प्रहरीले उनको साथमा ७४ हजार भारतिय नक्कली नोट प्राप्त गरेको जनाएको छ ।
प्रक्राउ परेका टासी भोटेलाई आज इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो ।
प्रकाशित मिति:
December 11, 2013