देशको झण्डालाई बिकिनी बनाउँदा भारतीय नायिका हिरासतमा
आफूलाई चर्चित बनाउनको लागि र सस्तो लोकप्रियताको लागि केही नायिका तथा मोडलहरुले विभिन्न विवादास्पद कार्य गरिरहेका हुन्छन् । त्यस्तै गरेकी छिन् भारतीय नायिका तथा मोडल गहना बशिष्टले । आफ्नै देशको झन्डालाई कम्मरमा बाँधेर फोटोसुट गरेकी बलिउड विवादास्पद नायिका बशिष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
मुम्बईको लोखण्डस्थित उनको निवास पुगेर पुणेका प्रहरीले मोडललाई नियन्त्रणमा लिएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार कम्मरमा देशको झन्डा राख्दै त्यसलाई विकिनीका रुपमा पनि प्रस्तुत गरेर विभिन्न हट फोटोसुट गराएकी मोडललाई केही समयअघि युवाहरुले देशको बेइज्जत भएको भन्दै कुटपिट पनि गरेका थिए ।
'काँच' नामक फिल्ममा अभिनयरत मोडलका कारण फिल्मका निर्माता राजीव कश्यप र निर्देशक कल्पना लाजिमीबीच झगडा पनि भएको थियो । तर यि नायिकाले भने उक्त तस्वीर आफ्नो साथीले लिक गरेको बताएकी छिन् ।
नायिका बशिष्टले आफूले उक्त फोटो २ वर्ष अगाडी सुट गरेको तर केही समयअघि साथीले आफ्नो ल्यापटप मागेको थियो र त्यही बेला उक्त फोटो लिक गरिदिएको बताएकी छिन् । अहिले उनी प्रहरीको हिरासतमा रहेकी छिन् ।
Watch Video
प्रकाशित मिति:
August 20, 2012