विमान चिप्लिएकै थिएन
भदौ ३ – तारा एयरको विमान आज धावनमार्गबाट चिप्लिएर झन्डै दुर्घटनामा परेको भन्ने समाचार गलत भएको तारा एयरले जनाएको छ ।
दुर्घटनामा तारा एयरले जोमसोम विमानस्थलमा आज स्टेरीङ वायरमा समस्या आएपछि यात्रुहरूको सुरक्षार्थ धावनमार्गमै जहाज मर्मतका लागि राखिएको र जहाज कतै चिप्लिएर नगएको तारा एयरले जनाएको हो ।
तारा एयरले विमान दुर्घटनासम्बन्धी समाचार सम्प्रेषण गर्दा सनसनी फैलिने किसिमबाट नगरिदिन सो पनि आग्रह गरेको छ ।
यसअघि विभिन्न सञ्चारमाध्यमहरुले तारा एयरको विमान जोमसोमबाट पोखरा आउने क्रममा चिप्लिएर धावनमार्ग बाहिर पुगेको समाचार दिएका थिए ।
प्रकाशित मिति:
August 19, 2012